दफा ७०२
मातृक तथा पैत्रिक अख्तियारी नागरिकता रहेको मुलुकको कानून बमोजिम हुनेः

(१) मातृक तथा पैत्रिक अख्तियारी लगायत आमा, बाबु र छोरा, छोरीको सम्बन्ध छोरा, छोरीको नागरिकता रहेको मुलुककोकानूनबमोजिम नियमित हुनेछ ।
(२) उपदफा (१) बमोजिमको कानून यकिन नभएकोमा आमा, बाबु सामान्य रूपमा बसोबास गरेको मुलुकको कानून र त्यस्तो मुलुकपनियकिन नभएको अवस्थामा निजहरू तत्काल बसोबास गरेको मुलुकको कानून बमोजिम नियमित हुनेछ ।